भरतपुरमा एकजना कोरोना संक्रमितको मृत्यु

385
SwadeshPost

चितवनकाे भरतपुरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो ।

उनकाे भरतपुर अस्पतालको आईसीयूमा मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु भएकाे अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ ।

मुटु र निमोनियाको समस्यासमेत रहेका भरतपुर-११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

SwadeshPost