१६ बर्षीया किशोरी भगाउने युवक प्रहरी नियन्त्रणमा

183
SwadeshPost

उमेर नपुगेकी किशोरीलाई ललाई फकाई भगाएको आरोपमा माडी प्रहरीले भरतपुरका एक युवकलाई नियन्त्रणमा लिएको छ ।

भरतपुर-११ भोजाड निवासी बर्ष २५ का बलराम क्षेत्रीले माडी नगरपालिका वडा नं. ८ की एक १६ बर्षीया किशोरीलाई विवाह गर्ने भन्दै घरबाट भगाएका थिए । किशोरीलाई भगाएको दोश्रो दिनमा माडी प्रहरीले दुबैलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । किशोरीसहित उनलाई भगाउने युवकलाई आवश्यक कानुनी कारवाहीका लागि साँझपख जिल्ला प्रहरी कार्यालय भरतपुर चलान गरेको जनाइएको छ ।

SwadeshPost