एस.इ.इ को नियमित परीक्षा यसवर्ष नहुने

514
SwadeshPost

माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) यसवर्ष नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लग्नुभएकाे थियाे । अब विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।

कोरोना जोखिमका कारण गत चैत्र ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो । कक्षा १० काे एस.ई.ई परीक्षा गत चैत्र ६ गतेबाट हुने कार्यतालिका रहेकाेमा अघिल्लाे दिन(चैत्र ५ गते) स्थगित गर्ने निर्णय भएकाे हाे ।

SwadeshPost