काेराेना संक्रमितहरुकाे उपचार अब माडीमै

201
SwadeshPost

माडीको रमाइलोडाँडास्थित क्वारेन्टाइनबाट कोरोना पुष्टी भएका संक्रमितहरुलाई माडीमै उपचार गरिने भएको छ ।

भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणबाट ८ जनामा कोरोना संक्रमण देखिएकोमा १ जनाबाहेह अरु सबैको बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशन केन्द्रमा राखी उपचार गर्न लागिएको हो । उनीहरु १९ देखि ५१ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन ।

माडीमा कोरोना संक्रमितहरुको उपचारका लागि ३० बेडको आइसोलेसन कक्षको व्यवस्था भइसकेको र बघौंडा अस्पतालमा २ बेड आई.सि.यु. समेत जडान हुन लागेकाले संक्रमितहरुलाई माडीमै राखी उपचार गर्न लागिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । एकजनामा भने ज्वरो देखिएकोमा उनलाई भरतपुर पठाउने तयारी गरिएको छ ।

यसअघि संक्रमण पुष्टि भएका ६ जना भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसन कक्षमा रहेकोमा त्यहाँ सरसफाई, खानपिन र अन्य सुविधाहरु राम्रो नरहेको गुनासो आएको थियो । हाल माडी नगरपालिकाभर २२८ जना क्वारेन्टिनमा रहेका छन् । अझैपनि माडी माध्यमिक विद्यालय र जनकल्याण मा.वि. क्वारेन्टाइनहरुमा राखिएकाहरुको पि.सि.आर. परीक्षण गर्न बाँकी छ ।

SwadeshPost