माडीमा क्वारेन्टाइन बाहिर संक्रमित भेटिए भनी अनावश्यक हल्ला फिजिँयाे

399
SwadeshPost

माडीमा क्वारेन्टाइन बाहिर संक्रमित भेटिए भनी सामाजिक सञ्जाल र गाउँघरमा अनावश्यक हल्ला फिजिँएको छ । विशेषतः भरतपुर केन्द्रीत केहि पत्रकारहरुले सामाजिक सञ्जालमार्फत चितवनमा समुदायमा कोरोना फैलिएको हुनसक्ने भएकाले सजगता अपनाउन अनुरोध गरेकोमा त्यसको नकारात्मक प्रभाव माडी क्षेत्रमा फैलिएको हो ।

यथार्थमा, माडी क्षेत्रमा क्वारेन्टाइन बाहिर नभई भैरबपुरस्थित क्वारेन्टाइन सेन्टरमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरू मध्ये २५ बर्षीय युवकलाई ज्वरो आएको र ७३ बर्षीय बृद्धमा मुटु सम्बन्धी समस्या भएका कारण उपचारका लागि भरतपुर पठाइएको थियो । भरतपुर अस्पतालमा उपचारकै क्रममा गरिएको परीक्षणमा उनीद्वयमा कोरोना संक्रमण पुष्टी भएको हो ।

सामाजिक सञ्जाल र गाउँघरमा अनावश्यक हल्ला र डर फैलिएपछि माडी नगरपालिका जनस्वास्थ्य शाखाले समुदायमा कोरोना फैलिएको हल्ला झुठो भएको बताएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडीका जनस्वास्थ्य संयोजक शिव प्रसाद सुवेदीले अनावश्यक हल्ला र अफवाहको पछि नलाग्न सबैमा आग्रह गर्नुभयो । तर कोरोनाप्रति सजग हुनुपर्ने आवश्यकता भने दिनानुदिन बढिरहेको उहाँको भनाई छ ।

SwadeshPost