आशिष निर्माण सेवाले कालोपत्रे गरेकाे बाटोमा टिपर भासियाे

306
SwadeshPost

माडीको हुलाकी बाटोमा कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी आशिष निर्माण सेवाले नै पूर्वी नेपालको विराटनगरमा बनाएको कालोपत्रे बाटोमा टिपर भासिएको छ ।

गत सोमबार साँझ विराटनगर-१० को पिपल चोकमा कालोपत्रे सडकमा रोकेर राखेको टिपर भासिएको हो । सो सडक क्षेत्रीय सहरी विकास परियोजनाको सहयोगमा चितवनको आशिष निर्माण सेवाले कालोपत्रे गरेको हो । सडक निर्माण गर्दा प्राविधिक त्रुटी भएका कारण सडक भासिएको क्षेत्रीय सहरी विकास परियोजना विराटनगरको भनाई छ । सो सडकको बीचमा ढलको पाइप बिछ्याइएको छ ।

सडक निर्माणका क्रममा भएको त्रुटी सच्याउन परियोजनाले ठेकेदार पक्षलाई निर्देशन दिएको छ । आशिष निर्माण सेवाले ठेक्का पाएको माडीको हुलाकी बाटोको कालोपत्रे परियोजनामा दुई पटकसम्म म्याद थप भई अन्तिम समयमा काम अगाडि बढेको थियो । तर कहिले क्रसर प्लान्ट राख्ने त कहिले लकडाउनका कारण प्राविधिकहरु नजुटेको भन्दै काम अलपत्र रहँदै आएको छ ।

SwadeshPost