गौरव थापा रहस्यमय मृत्यु प्रकरण: जिल्ला प्रहरी कार्यालयमा धर्ना

137
SwadeshPost

माडीका माछापालक युवा गौरव थापाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो र ढीलासुस्ती भएको भन्दै मृतकका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय भरतपुरमा धर्ना दिएका छन् ।

माडीबाट करीब २० वटा मोटरसाइकलमा भरतपुर पुगेका मृतकका परिवार सदस्य, आफन्त र छिमेकीहरुले सत्यतथ्य अनुसन्धान एवं दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय भरतपुरमा धर्ना दिएका हुन् । धर्नाका थापाको रहस्यम मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको, प्रहरीले किटानी जाहेरी लिन नमानेको, हालसम्म पोष्टमार्टम रिपोर्ट नदिएको, अनुसन्धानमा आलटाल गरिरहेको तथा जिल्ला र स्थानीय प्रहरी ईकाईहरुको भनाई फरकफरक आएको आरोप लगाएका थिए ।

यसैबिच, धर्नामा रहकाहरुले चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङसंग भेटवार्ता गरेका छन् । भेटका क्रममा आउँदो आउँदो आइतबारसम्म अनुसन्धान पुरा गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने, अन्यथा आइतबार किटानी जाहेर लिनुपर्ने माग गरिएका मृतकका बुबा दीलिप थापाले जानकारी दिनुभयो । आइतबार पनि जाहेरी नलिए भरतपुरमै चरणबद्ध आन्दोलन सुरु गरिने मृतकका परिवार सदस्य र आफन्तहरुको चेतावनी छ ।

SwadeshPost