यसबर्ष घरभित्रै बसी तीज मनाउन माडीका नगरप्रमुख ढकालको आग्रह

Women sing and dance at Pashupatinath Temple during the Teej festival in Kathmandu September 8, 2013. The three-day festival, commemorating the union of Goddess Parvati and Lord Shiva, involves sumptuous feasts and rigid fasting. Hindu women pray for marital bliss, the well-being of their spouses and children, and the purification of their own bodies and souls during this period of religious fasting. REUTERS/Navesh Chitrakar (NEPALS - Tags: RELIGION SOCIETY) ORG XMIT: NEP01
381
SwadeshPost

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले यसबर्ष घरभित्रै बसी तीज मनाउन आग्रह गर्नुभएको छ ।

स्वदेश एफ.एम.को कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै नगरप्रमुख ढकालले चितवनको समुदायमा कोरोना देखिइसकेको अवस्थामा छोरीबुहारीहरुलाई घरभित्रै तीज मनाउन अनुरोध गर्नुभएको हो । बाहिर भीडभाड गर्दा कोरोनाको सं क्रमण फैलन सक्ने भएकाले यस अनुरोधलाई सहज रुपमा लिन पनि उहाँको अनुरोध थियो । त्यसअघि उहाँ संयोजक रहनुभएको माडी नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले तीज पर्वको अवसरमा हुने भिडभाडलाई लक्षित गर्दै श्रावण ३१ गतेदेखि भदौ ५ गतेसम्म यातायात तथा जनमानसलाई माडी बाहिर जान तथा माडी प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।

यसैबिच, माडीमा पनि बेलुका ९ बजेपछी बिहान ५ बजे सम्म हिँडडुल गर्न तथा सवारी साधन चलाउन निषेध गरिएको छ । त्यसैगरी माडी नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यवसायी, संघसंस्था, बैँक तथा वित्तिय संस्थाहरुलाई सामाजिक दुरी कायम गर्ने, हात धुने र सेनिटाइजर प्रयोगको आवश्यक व्यवस्थापन गर्न लगाइएको छ । त्यस्तै, घर बाहिर निस्कँदा, सवारी साधनमा चढ्दा अनिवार्यरुपमा सामाजिक दुरी कायम गर्न र मास्कको अनिवार्य प्रयोग पनि लागु भएको छ ।

SwadeshPost