बज्रगुरु कन्स्ट्रक्सन कम्पनी समेत अस्थायी क्रसर प्लाण्ट राख्ने चक्करमा

552
SwadeshPost

चितवन । पूर्वी माडीको देबेन्द्रपुरदेखि बगहीँसम्म कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु कन्स्ट्रक्सन कम्पनी समेत अस्थायी क्रसर प्लाण्ट राख्ने चक्करमा अल्झिएको छ ।

यसअघि बनकट्टादेख देबेन्द्रपुरसम्म १५.२ किलोमिटर बाटो कालोपत्रे गर्न ठेक्का पाएको आशिष निर्माण सेवाले अस्थायी क्रसर प्लाण्ट राख्ने चक्करमा कालोपत्रे कार्य सुरु गर्न करीब एक बर्ष ढिलाई गरेको थियो । गतबर्षदेखि पूर्वी माडीमा केहि निर्माण सामग्रीहरु ल्याई कालोपत्रेको प्रारम्भीक काम थालेको बज्रगुरु कन्स्ट्रक्सनले आशिष निर्माण सेवाकै सिको हुनेगरी अस्थायी क्रसर प्लाण्ट राख्न पाउनुपर्ने लबिङ सुरु गरेको हो । बज्रगुरुका प्राविधिकहरु पोर्टेबल क्रसरको निवेदन बोकी माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा दौडधुप गरिरहेका छन् ।

अस्थायी क्रसरको चक्करमा आशिष निर्माण सेवाले समय बिताएपनि सो कम्पनीको क्रसरले खासै उत्पादन गर्न भने सकेको छैन । अपेक्षित उत्पादन नहुँदा सो कम्पनीले माडी बाहिरबाटै बेस म्याटेरियलहरु झार्नुपरेको छ । उता, पूर्वी माडीमा कालोपत्रेको कामको ठेक्का पाएको बज्रगुरुले समेत आशिषकै बाटो अपनाएसंगै त्यहाँको कालोपत्रे कार्य पुरा हुन ढिलाइ हुनसक्ने स्थानीयबासीहरुको आँकलन छ ।

SwadeshPost