थाकस चितवनद्वारा शैक्षिक विकास अक्षयकोष स्थापित, सहयोगको क्रम उत्साहजनक

570
SwadeshPost

चितवन । जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले “थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोष” नामक एक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

पर्वको अवसरमा थाकस चितवनले अक्षयकोषको निर्देशिका पारित गरी देशविदेशमा रहेका व्यक्तिहरुलाई कोषमा जम्मा हुनेगरी आर्थिक सहयोग गर्न आह्वान समेत गरेको छ । कोषबाट माध्यमिक तथा क्याम्पस तहमा अध्ययनरत बिपन्न र जेहेन्दार थारु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने थाकस चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले जनाउनुभयो ।

यसैबिच, कोष स्थापना भएलगत्तै हाल अमेरिकामा सफ्टवेयर इञ्जिनियरका रुपमा कार्यरत मनोज महतो र उहाँकी श्रीमती उषा महतोले एक लाख एक रुपैयाँ नगद सहयोग गर्नुभएको छ । त्यसैगरी खैरहनी-८, पर्सा बजारस्थित इन्टरनेशनल कलेजका प्राध्यापक जीत बहादुर महतो, पूर्वन्यायधीश नन्दलाल महतो र थाकस चितवनका अध्यक्ष चौधरीले कोषको प्रवर्धक सदस्यता ग्रहण गर्दै सो बापतको शुल्क स्वरुप रु १/१ हजार रुपैंया कोषमा दाखिला गर्नुभएको जनाइएको छ ।

SwadeshPost