माडी क्याम्पसबाट कक्षा ११ को परीक्षामा सहभागी सबैजसो परीक्षार्थीहरु उत्तीर्ण

418
SwadeshPost

माडी क्याम्पसबाट कक्षा ११ को परीक्षामा सहभागी सबैजसो परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।

गत कार्तिक तेश्रो साता सञ्चालित बार्षिक परीक्षामा सहभागी नियमिततर्फका १७५ जना परीक्षार्थीहरुमध्ये सबैजसो उत्तीर्ण भएका हुन् । तर करीब १० जना भने ग्रेड बृद्धिका लागि पुनः परीक्षा दिनुपाउने अवस्थाका छन् । आंशिकतर्फका १०४ जनाको नतीजा भने परीक्षा बोर्डले नै प्रकाशित गर्ने भएकाले केहि दिन लाग्ने क्याम्पस प्रमुख नेत्रप्रसाद गौतमले जानकारी दिनुभयो । उत्तीर्ण भएका सबैजनाले कक्षा १२ पढ्न पाउने र सो कक्षाको नियमित पढाई आउँदो मंसिर १७ गतेबाट सञ्चालान हुने क्याम्पसले जनाएको छ ।

उच्च माध्यमिक तहको अध्यापन भइरहेका माडीका अन्य शैक्षिक संस्थाहरुले समेत नतीजा प्रकाशनको तयारी गरिरहेका छन् । कोरोना कहरबिच माडीमा दश जोड दुई कार्यक्रम सञ्चालनमा रहेका सबै शैक्षिक संस्थाहरुमा होम सेन्टर रहनेगरी कक्षा ११ को परीक्षा लिइएको थियो भने कक्षा १२ को परीक्षा सञ्चालन जारी रहेको छ ।

SwadeshPost