माडीको परूइमा सुख्खा पहिरो गई प्राकृतिक रूपमै बन्यो सुन्दर तलाउ (भिडियो सहित)

1.19K
SwadeshPost

मध्यपूर्वी माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई खोलाको बहाव थुनिएको छ । खोला थुनिँदा करीब २० बिगाहा क्षेत्रफलको तलाउ बनिसकेको छ र त्यसको फैलावट बढ्ने क्रममा रहेको छ ।

माडीको हुलाकी सडकबाट करीब ३ किलोमिटर दक्षिणपट्टी, परुई खोलाको सिरानमा सेतो पहिरो भन्ने स्थानमा सुख्खा पहिरो गएको हो । खोलाको किनारमा अग्लो सुख्खा पहिरो गएकाले गहिरो तलाउ बनेको र पानीको बहाव पूर्णरुपमा बन्द भएको पहिरोस्थलबाट स्थानीयबासी छबिलाल चेपाङले जानकारी दिनुभयो ।

चितवनको माडीमा सुख्खा पहिरो गई प्राकृतिक रूपमै बन्यो सुन्दर तलाउ

हाल कम्तीमा १० मिटरसम्म पानीको सतह बनेको र ५०० मिटर अगाडिसम्म पानी तालिएको छ । पानी तालिँदा सो क्षेत्र सुन्दर र पर्यटकीय क्षेत्रका रुपमा देखिन तालेको पनि छ । तर, पानी तालिँदै जाँदा तल्लो तटीय क्षेत्रमा भने जोखिम बढ्दै गएको छ । पहिरोस्थलमा स्थानीयबासी र जनप्रतिनिधीहरु पुग्ने क्रम सुरु भएको छ । पहिरो खुलाउनेबारे स्थानीय सरकार कुनै निर्णयमा पुगिसकेको भने छैन ।

SwadeshPost