माडी नगरस्तरीय शिशु शिक्षक सञ्जालको संयोजकमा सोमा पन्त चयन

275
SwadeshPost

११ पुस, चितवन । माडी नगरस्तरीय शिशु शिक्षक सञ्जालको संयोजकमा दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयका सहयोगी कार्यकर्ता सोमा पन्त चयन हुनुभएको छ ।

साविक बरुवा श्रोत केन्द्र र अयोध्यापुरी श्रोत केन्द्रका सहयोगी कार्यकर्ताहरुको भेलाले नगरस्तरीय सञ्जालको अध्यक्षमा पन्तलाई चयन गरेको हो । सञ्जालका सदस्यहरुमा आनन्दी महतो, मीना भण्डारी, संगिता महतो, मीना महतो, सीता सुवेदी, रेनुका भुसाल, नेत्रदेवी अधिकारी र लक्ष्मी अधिकारी चयन हुनुभएको छ ।

साविकका दुईवटै श्रोतकेन्द्रस्तरीय सञ्जालको एकीकरण भई नगरस्तरीय सञ्जाल गठन भएको र सञ्जालमा माडीका शैक्षिक संस्थाहरुमा कार्यरत सबै ६६ जना सहयोगी कार्यकर्ताहरु समेटिएको संयोजक पन्तले जनाउनुभयो । सहयोगी कार्यकर्ता सञ्जालको आयोजनामा जनजीवन माध्यमिक विद्यालय, माडी-८, खरकट्टामा सम्पन्न शैक्षिक अन्तरक्रिया कार्यक्रमबाट नगरस्तरीय (एकीकृत) सञ्जाल गठन भएको हो । मीना भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगर शिक्षा समितिका अध्यक्ष समेत रहुनभएका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
SwadeshPost