दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न रहेको भन्दै माडीबाट ३ जना पक्राउ

642
SwadeshPost

१२ पुस, चितवन । दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जले माडीबाट तीन जनालाई पक्राउ गरेको छ ।

निकुञ्जले अखेटोपहारसहित माडी नगरपालिका-६ का केशरबहादुर तामाङ, शुक्रप्रसाद तामाङ र पञ्चलाल प्रजालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट सालकको खपटा ३७५ ग्राम र सुकुटी करिब ५०० ग्राम बरामद भएको जनाइएको छ ।

बन्यजन्तुहरुको चोरी शिकार रोक्न हाल सञ्चालनमा रहेको अपरेशन महाहण्ट ७ मा खटिएका सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गरेको थियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पक्राउ परेका व्यक्ति र अखेटोपहारलाई कसरास्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ ।

SwadeshPost