माडी स्तरीय टी-२० क्रिकेटको उपाधी कल्याणपुर क्रिकेट क्लबलाई

411
SwadeshPost

१९ पुस, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा सञ्चालित ‘माडी स्तरीय नकआउट टी-२० क्रिकेट प्रतियोगिता’को उपाधी कल्याणपुर क्रिकेट क्लबले उचालेको छ ।

प्रतियोगिताको फाइनलमा कल्याणपुरले देबेन्द्रपुर क्रिकेट क्लबलाई पराजित गरेको हो । आइतबार सम्पन्न फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको देबेन्द्रपुरले ९० रनको टार्गेट दिएको थियो । लक्ष्य पछ्याउने क्रममा कल्याणपुरले ३ विकेटको क्षतिमा १४.१ ओभरमा लक्ष्य भेट्याएको हो ।

खेलमा, ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका कल्याणपुर युथ क्लबका बिपिन पन्त म्यान अफ द म्याच घोषित हुनुभयो । बिजयी समूहलाई आयोजक क्लबका संरक्षक गोविन्द पौडेल, बसन्तपुर युथ क्लवका अध्यक्ष पदम पन्त र नगरस्तरीय खेलकुद प्रशिक्षक दिल कुमारी नेपालले नगद पुरस्कार र मेडल प्रदान गर्नुभएको थियो ।

SwadeshPost