२३ औँ राष्ट्रीय सुरक्षा भूकम्प दिवसको अवसरमा नगरस्तरीय विपद् व्यवस्थापन समिति माडीकाे ३ बुँदे निर्णय सार्वजनिक

603
SwadeshPost

१ माघ, चितवन । यहि माघ २ गते महाभूकम्प र त्यसबाट पुगेको क्षतिको स्मरण गर्दै नगरस्तरीय विपद् व्यवस्थापन समिति माडी नगरपालिकाले ३ बुँदे निर्णय पारित गरेको छ ।भोली शुक्रबार २३ औँ राष्ट्रीय सुरक्षा भूकम्प दिवसको अवसरमा बहुप्रकोपिय विपदमा भुकम्पिय सुरक्षा साझा सहकार्यमा जनधनको रक्षा भन्ने नारा सहित मनाइने भएको हो । भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले सों निर्णय पारित गरिएको नगर प्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयोे ।

उक्त निर्णय अन्तर्गत शसस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी लगायत अन्य संघ संस्थाको सहयोगमा माडीका ४ वटा माध्यमिक विद्यालयहरू सोमेश्वर मावि, माडी मावि, कल्याणपुर मावि र कृष्णनगर माविमा जनचेतनामुलक कार्यक्रम संचालन गरिने भएको हो । त्यस्तै परुई खोलामा गएको पहिरोलाई मानविय शक्ति र मेशिन प्रयोग गरि निकाशा दिने, बिभिन्न संघ संस्थाको सहकार्यमा नगरस्तरीय विपद् व्यवस्थापन गुरु योजना बनाई नगर बैठकमा पेश गरिने लगायतका निर्णय भएको थियो ।

त्यस्तै भोली शुक्रबार साँझा ३ बजे माडी नगरपालिका, शसस्त्र प्रहरी, प्रहरी, नेपाल रेडक्रस सोसाइटी र आर. आर. एनको संयुत्त सहकार्यमा, वडा ३ कार्यालय बसन्तपुर अगाडी भुकम्पले ल्याउने प्रभाव दर्शाउने र जनचेतना अभिबृद्धि गर्न सडक नाटक प्रदर्शन गरिने नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखा सभापति भागिरथ बस्यालले जानकारी दिनुभयो ।

SwadeshPost