देश-प्रदेश खबर पोष्ट

विश्व हिन्दु महासंघको माडी नगर समिति अध्यक्षमा युवा पण्डित सुदर्शन सुवेदी चयन

१७ माघ, चितवन । विश्व हिन्दु महासंघको माडी नगर समिति अध्यक्षमा युवा पण्डित सुदर्शन सुवेदी चयन हुनुभएको छ ।माडी-७, कीर्तनपुरस्थित मृत्युञ्जय शिवालय मन्दिरमा सम्पन्न एक भेलाले सुवेदीको अध्यक्षतामा १७ सदस्ययीय नगर कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भक्तिराम पौडेल, सचिवमा वीरेन्द्र बहादुर भण्डारी, कोषाध्यक्षमा सीता गौतम र सहसचिवमा टिकाराम भट्टराई चुनिनुभएको छ ।

सदस्यहरुमा लेखनाथ आचार्य, रामजी सापकोटा, गुरुदत्त गुरागाईं, कृष्ण प्रसाद सुवेदी, झलक प्रसाद पनेरु, टिकाराम कटाक्षेत्री, डिला भुसाल, देवी गौतम, रुकु घिमिरे, रित बहादुर थापा र भागिरथ न्यौपाने चयन हुनुभएको छ । कार्यसमितिको बैठकले थप सदस्यहरु मनोनित गरिने नवगठित समितिका अध्यक्ष सुवेदीले जनाउनुभयो ।

विश्व हिन्दु महासंघ नेपालका जिल्ला अध्यक्ष प्रेम प्रसाद गैरेको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथिका रुपमा महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको उपस्थिति रहेको थियो भने कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार