माडीको अयोध्यापुरीमा रामधाम बनाउने योजना अगाडि बढ्दै : प्रधानमन्त्री ओली

521
SwadeshPost

१७माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरीमा रामधाम बनाउने योजना अगाडि बढिरहेको बताउनुभएको छ ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रामधामका लागि रामको मूर्ति बनिसकेको र सीताको मुर्ति निर्माण भइरहेको बताउनुभयो । अर्कोे रामनवमीमा प्राण प्रतिष्ठा गरिने गरि काम भइरहेको उहाँको भनाई थियो ।

‘भगवान राम माडीको अयोध्यापुरीमा जन्मेको हो भनी चितवन माडीबाटै चुनाव जितेका पुष्पकमल दाहाल प्रचण्डले किन बोल्दैनन्’ भनी उहाँले प्रश्न समेत गर्नुभएको थियो । चितवनको अयोध्यापूरी अब विश्वका हिन्दूहरुको, विश्वका पुरातत्वविद्हरुको पर्यटकीय स्थल हुने प्रधानमन्त्री ओलीको भनाई थियो । चितवनमा नदी, पुल र नदीहरुको तटबन्धको व्यवस्थापन गर्नुपर्ने भन्दै उहाँले वृहत नयाँ स्वरुपमा चितवनको विकास अगाडि बढाइने जनाउनुभयो ।

यसैबिच, सोही कार्यक्रममा विभिन्न पार्टीका नेताहरु विष्णुहरि तिमिल्सिना र शेरबहादुर थापा लगायतका नेताहरु ओली पक्षीय नेकपामा प्रवेश गरेका छन् ।

SwadeshPost