नेपाल रेडक्रस सोसाइटी, बघौंडा उपशाखाको सोह्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न

445
SwadeshPost

१७ माघ, चितवन । नेपाल रेडक्रस सोसाइटी, बघौंडा उपशाखाको सोह्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।साधारण सभाले संस्थाको आ. ब. ०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक लेखापरीक्षण प्रतिवेदन साथै आ. ब. ०७७/७८ को लागि प्रस्तावित कार्यक्रम पारित गरेको छ । रेडक्रस बघौंडा उपशाखाका सभापति भगीरथ बस्यालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगर प्रमुख ठाकुर ढकाल रहनुभएको, पूर्व संसद तीर्थ भुषाल र नेपाल रेडक्रस सोसाइटी चितवनका उपसभापति विदुर के.सी.संगै जनप्रतिनिधि, अन्य रेडक्रसकर्मी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढकालले मानवता र सेवाको पक्षमा रेडक्रसकर्मी उभिएको र रेडक्रसको सेवालाई अझ प्रभावकारी ढंगबाट नगरपालिकाले अगाडि बढाउने योजना बनाएको वताउनुभयो।

SwadeshPost