जंगली जनावरहरुको प्रवेश रोक्न हेलोजिन बत्ती जडान

367
SwadeshPost

२२ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा जंगली जनावरहरुको प्रवेश रोक्न हेलोजिन बत्ती जडान गरिएको छ ।जंगली हात्ती र गैंडा लगायतका जनावरहरु गाउँमा पसेर बालीनाली नष्ट गर्ने र मानवीय हताहती समेत भइरहेको सन्दर्भमा माडीका निकुञ्ज छेउका विभिन्न स्थानमा हेलोजिन बत्ती जडान गरिएको हो । माडीको द्रौपती नगर, पाण्डवनगर, चन्द्रपुरी, बनकट्टा, भैरवपुर, पौहारी, धोबाहा र रतनी लगायतका गाउँहरुमा हेलोजिन सहितको पोल बत्ती जडान गरिएको छ ।

पोलबत्ती जडान भएसंगै रातको समयमा जंगल छेउमा झिलिमिली उज्यालो हुने गरेको छ । उज्यालोका कारण जंगली जनावरहरु आउन कमी भएको स्थानीयबासीहरुको अनुभव छ । पोलबत्तीसंगै सोलार फेन्स, मेसजाली र अग्लो ड्याम समेत निर्माण गरिएकाले जनावरहरुको प्रवेशमा कमी आएको हो । तर ठाउँठाउँमा पोलबत्ती, मेसजाली र सोलार फेन्स टुटेको वा नराखिएको स्थानबाट जनावरहरु बस्तीमा छिर्ने क्रम भने जारी नै छ ।

SwadeshPost