माडीको बगहीँ सेक्टर अन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ

315
SwadeshPost

२७ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र माडीको बगहीँ सेक्टर अन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ ।केहि साता अघि नै मृत्यु भएको अन्दाजी ४० वर्षको गैँडा सडेको अवस्थामा मृत भेटिएको हो । योसंगै चालू आर्थिक बर्षमा प्राकृतिक एवं तस्करहरुबाट समेत गरी निकुञ्जमा २३ वटा गैँडाको मृत्यु भइसको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यसैबिच, निकुञ्जमा एक भाले हात्तीको समेत मृत्यु भएको छ । निकुञ्जभित्र लामिचौर पोष्टमा रहेको ४५ वर्षीय शङ्करप्रसाद नामको हात्तीको मृत्यु भएको हो । गत माघ २१ गतेदेखि बिरामी भएको शङ्करप्रसादको मृत्यु भएकोमा हिन्दू परम्पराअनुसार पूजापाठ गरी अन्त्येष्टि गरिएको सुचना अधिकारी अधिकारीले बताउनुभयो ।

SwadeshPost