प्रधानमन्त्री के.पी. ओली पक्षीय नेकपाको माडी नगर कमिटिको आयोजनामा अगुवा कार्यकर्ता भेला सम्पन्न

350
SwadeshPost

२८ माघ, चितवन । प्रधानमन्त्री के.पी. ओली पक्षीय नेकपाको माडी नगर कमिटिको आयोजनामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।माडी-६, कल्याणपुरमा सो पार्टीका माडी नगर कमिटि सदस्य रेशमलाल (तुलसी) आचार्यको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य तथा भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी पार्टीको प्रदेश कमिटि सचिवालय सदस्य प्रकाश खनाल ‘शैलेश’, भरतपुर महानगर कमिटि अध्यक्ष राम न्यौपाने, पार्टीका जिल्ला कमिटि सदस्य जीत बहादुर शाही, अनेमसंघ केन्द्रीय सदस्य सरस्वती बिष्ट, जिल्ला सल्लाहकार सदस्य मथुरा भण्डारी, श्याम बिष्ट र शिवहरि सुवेदी तथा भुमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष यादव पाठक लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले भुमि सम्बन्धी समस्या समाधान आयोग नेपालको अधिकारसम्म र बैधानिक आयोग रहेकाले आयोगमार्फत सुकुम्बासी समस्या समाधान गरिने बताउनुभयो । कार्यक्रमको सन्दर्भमा उहाँले बाँदरझुला र माडी-१ का सुकुम्बासीहरुसंग भेट सम्वाद समेत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पार्टीका माडी नगर कमिटि सदस्य नारायण अधिकारीले गर्नुभएको थियो ।

नेकपाको प्रचण्ड माधव पक्षीय माडीका नेता कार्यकर्ताहरु राजधानी काठमाडौंमा जनसभामा सहभागी हुँदैगर्दा ओली पक्षीय नेता कार्यकर्ताहरुको छुट्टै भेला सञ्चालन भएको हो ।

SwadeshPost