जिल्लास्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको दुई खेलमा बसन्तपुर ए र कल्याणपुर विजयी

396
SwadeshPost

२९ माघ, जिल्लास्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको बिहिबार भएको दुई खेलमा बसन्तपुर युथ क्लब ए र कल्याणपुर क्रिकेट क्लब विजयी भएका छन् ।बसन्तपुर युथ ए र खरकट्टा बिच भएको पहिलो खेलमा बसन्तपुर ४ विकेटले विजयी भएको हो । टस हारेर ब्याटिङ पाएको खरकट्टा ले २० ओभरमा ९ विकेट गुमाई १२१ रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रेको बसन्तपुर ले १४ ओभरमा ६ विकेट गुमाई खेलमा जित हासिल गरेको थियो । खेलमा बसन्तपुर का नी सब तिमिल्सिना म्यान अफ दि म्याच घोषित भएका थिए ।

भने दोश्रो खेल कल्याणपुर युथ क्लब र डायनामिक युथ क्लबबीच भएको थियो। जसमा कल्याणपुरले ५ विकेटले जित हासिल गरेको हो । टस जितेर ब्याटिङ गरेको डायनामिकले २० ओभरमा अल आउट हुदै १४२ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रेको कल्याणपुर ले १७ ओभरमा ४ विकेट गुमाई जित हासिल गरेको थियो । खेलमा कल्याणपुरका प्रितम गुरुङ म्यान अफ दि म्याच घोषित भएका थिए।

माडी ४ खेलकूद समितीको आयोजनामा सुरु भएको प्रतियोगितामा माडी भरका ९ वटा क्रिकेट क्लबहरुको सहभागिता रहेको छ । भोलिको खेलमा बसन्तपुर युथ क्लब ए र माडी -४ ए बिच प्रतिष्प्रधा हूने संयोजक सुजन ढकालले जानकारी दिनुभयो । प्रतियोगिता फाल्गुन १ गतेसम्म जारी रहने छ ।

SwadeshPost