माडी अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षणको लागि एक करोड रुपैयाँ बजेट विनियोजन

639
SwadeshPost

चितवन । संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले माडी अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षणको काम गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।मन्त्रालयले पुरातत्व विभागमार्फत खर्च गर्ने गरी सो रकम विनियोजन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि बताएसंगै चर्चामा आएको माडीको अयोध्याधाममा हाल राम, सीता, लक्ष्मण र हनुमानका पूणर्कदका मूर्तिहरु स्थापना भइसकेका छन् ।

यसअघि अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा अयोध्यापुरीका लागि रकम विनियोजन गरेको जानकारी गराउनुभएको थियो । यसबाहेक मन्त्रालयले माडी नगरपालिकाबाट कार्यान्वयन हुने गरी पाँचपाण्डव कुण्ड संरक्षण गर्न ८ लाख रुपैयाँ समेत विनियोजन गरेको छ । त्यस्तै, शनि मन्दिरको निर्माण कार्य सम्पन्न गराउन र प्राकृतिक तालको संरक्षण गर्न १० लाख रुपैयाँ विनियोजन समेत भएको मन्त्रालयले जनाएको छ ।

SwadeshPost