राउण्ड टेबल नेपाल द्वारा प्रोजेक्ट लाइफ लाइन अन्तर्गत बघौडा अस्पताललाई वाईपेप मेसिन प्रदान

281
SwadeshPost

२२ असार, चितवन । राउण्ड टेबल नेपाल द्वारा प्रोजेक्ट लाइफ लाइन अन्तर्गत माडीको बघौडा अस्पताललाई कृतिम श्वासप्रश्वास सहजीकरणमा प्रयाेेग हुने वाईपेप मेसिन प्रदान गरिएको छ ।

राउण्ड टेबल नेपालका अध्यक्ष नितेश महेश्वरीले अस्पतालका निमित्त मे.सु. डा. रञ्जु सिंहलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा राउण्ड नेपालका निवर्तमान अध्यक्ष विकास वर्मा, सदस्यहरू राहुल चाचान र सुनिल अग्रवालको उपस्थिति रहेको थियो । सो बाइपेप मेसिनले फोक्सोले सहज तरिकाले काम गर्न नसकेको अवस्थामा कृतिम हावा दिएर श्वासनलीहरुलाई खुलाई शरीरमा अक्सिजनको मात्र सन्तुलन गर्न प्रयोग गरिन्छ ।

यसअघि राउण्ड टेबल नेपालले जन कल्याण मा.वि. कल्याणपुरलाई ६ थान कम्प्युटर र विद्यालय भवन निर्माणमा समेत सहयोग गरेको थियो ।

SwadeshPost