खोलाको ड्याम बाढीले भत्काउन थालेसंगै माडीको रेवाटोलबासी आफै ड्याम मर्मत गर्दै

378
SwadeshPost

११ भदाै, चितवन । बस्तीको सिरानमा रहेको खोलाको ड्याम बाढीले भत्काउन थालेसंगै माडीको रेवा टोलबासी आफैले ड्याम मर्मत गरेका छन् ।

बाँदरमुढे खोलामा आएको बाढीले ड्याम कटान गरेसंगै त्यसलाई जोगाउन स्थानीयबासीहरुले बाँस र बालुवाका बोरा राखी ड्याम मर्मत गरेका हुन् । ड्याम फुटेमा समग्र रेवा (पाकिस्तान) टोलसंगै रतनी र वरपरका गाउँहरुमा बाढी पस्ने जोखिम रहन्छ ।

बर्षेनी बाढीको मार खेप्दै आएको बाँदरमुढे तटीय क्षेत्रमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले तीन बर्षअघि खोलाको दुबैतर्फ ड्याम निर्माण गरेसंगै बस्ती तुलनात्मक रुपमा सुरक्षित हुन सकेको छ । यस्तोमा, बर्षायाममा आउने बाढीले ड्याममा क्षती गर्ने गरेकोमा ड्याम मर्मत र त्यसको संरक्षणमा स्थानीयबासी आफै सरिक रहँदै आएका छन् ।

SwadeshPost