क्रिसमस डे को अवसरमा माडीमा लाईभ म्युजिक सहित डि.जे. कार्यक्रम आयोजित

44
SwadeshPost

०९ पाैष, चितवन । निर्माणाधीन बाँदरमुढे पार्क अगाडि हालै सञ्चालनमा आएको फुडल्याण्ड रेष्ट्रो एण्ड बारले क्रिसमस डे को अवसर पारी लाईभ म्युजिक सहित डि.जे. कार्यक्रमको आयोजना गरेको छ ।

पौष १० गते शनिबार परेको क्रिसमस डे को अवसरमा साँझ ६ बजेदेखि म्युजिक ब्यान्डको साथमा लाईभ म्युजिक र डि.जे. कार्यक्रमको आयोजना गरिएको होटलका सञ्चालक फिरोज शेखले जानकारी दिनुभयो । सो कार्यक्रममा प्रवेश शुल्क रू एक सय रहेको उहाँले बताउनुभयो ।

लामो समय होटल मजदूरको अनुभव संगालेका माडी कल्याणपुरका युवा शेखले माडीमा दुई करोडको लगानीमा सुविधायुक्त फुडल्याण्ड सञ्चालमा ल्याउनु भएको हो । चार कठ्ठा ५ धुर जमिनमा प्रशस्त पार्किङ सुविधासहित खोलिएको फुडल्याण्डमा दुई सय जनाको क्षमता रहेको छ । केहि समय पश्चात सबै किसिमका शुभकार्य बिवाह, ब्रतबन्ध, सभा, सम्मेलन आदिजस्ता कार्यक्रमका निम्ति पार्टी प्यालेस समेत सञ्चालनमा ल्याउने शेखको भनाई छ ।

SwadeshPost