मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

जनस्तरबाट दबाब र जनप्रतिनिधिबाट पहलको प्रभाव : माडीका अपुरा निर्माण कार्य सुचारु हुँदै

  • A
  • A+
  • A++

चितवन । जनस्तरबाट चौतर्फी दबाब तथा जनप्रतिनिधिहरुबाट पहलकदमी बढ्दै जाँदा माडीका कतिपय अपुरा अधुरा परियोजनाहरुको निर्माण कार्य सुचारु हुन थालेको छ ।

विज्ञापन १

यसै क्रममा पुलको स्ल्याब ढलान भएपनि फिलिङ कार्य सुरु नहुँदा अलपत्र रहेको माडीको बाँदरमुढे खोलाको पुलमा ठेकदार कम्पनी सपना आर.डी.ले साइड फिलिङ सुरु भएको हो ।

विज्ञापन २

गतबर्ष चैतमै निर्माण कार्य पुरा गरिसक्नुपर्ने समयसीमा रहेको भएपनि निकै ढिलागरी निर्माण अगाडि बढेको सो पुलको ढिलैगरी फिलिङ अगाडि बढेको छ ।

विज्ञापन ३

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत बसन्तपुर र कल्याणपुर जोड्ने २५ मिटर लम्बाइको सो दुईतर्फी पुल निर्माणमा सुरुबाटै ढिलाई र बेवास्ता हुँदै आएको स्थानीयको गुनासो छ ।

तपाईको प्रतिक्रिया