चितवन खबर पोष्ट

निकुञ्जभित्रको हुलाकी बाटो मर्मत कार्य जारी, बाटोको दुबैतर्फ बढेको झाडी समेत फाँडिने

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधाप्राप्त हुलाकी बाटो मर्मत कार्य जारी रहेको छ ।

माडी नगरपालिकाको अनुरोध बमोजिम सडक डिभिजन कार्यालय भरतपुरले कसरा पोष्टबाट बाटोको मर्मत कार्य सुरु गरेको हो । हाल ग्रेडर, रोलर र ट्याङ्कर लगायतका साधनहरुले बाटो मर्मत गरिरहेको देख्न सकिन्छ ।

दशैं, तिहार जस्ता पर्वहरुको सन्दर्भमा सवारी आवागमन बढ्ने भएकाले पूर्वतयारी स्वरुप निकुञ्जभित्र कसरास्थित राप्ती पुलदेखि बनकट्टास्थित रीउ पुलसम्म बाटो मर्मत सुरु भएको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।

यस लगत्तै, निकुञ्जभित्र बाटोको दुबैतर्फ बढेको झाडी फाँड्ने र रीउ नदीको पुलको दक्षिणतर्फ रहेको एकतर्फी पुरानो पुलको मर्मत समेत गरिने नगरप्रमुख महतोले बताउनुभयो । यसबाट दशैंको समयमा माडी आउने र जाने यात्रुहरुलाई सहजता र सुरक्षा महसुस हुने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार