चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र ३३ के.भी.को बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणले गरेको ठेक्का रद्द भएको छ ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय हेटौंडा कार्यालयले जगतपुर माडी ३३ के.भी. भूमिगत प्रशारण लाइनको डिजाइनदेखि जडान र सञ्चालन समेतको काम गर्नेगरी २०८० मंसिर २८ गते प्रकाशन गरेको बोलपत्रबाट भएको ठेक्का सम्झौता रद्द हुनगएको हो ।
पुरक वातावरणीय प्रभाव मुल्यांकन पश्चात बोलपत्र प्रकाशन गरी ठेक्का सम्झौता समेत भएपनि वन तथा वातावरण मन्त्रालयले युनेश्कोको अनुमतीका लागि पत्राचार गरेसंगै हुनगएको बिलम्बका कारण ठेक्का रद्द हुनुपरेको प्राधिकरण श्रोतले जनाएको छ । वन सचिव नेतृत्वको वातावरणीय प्रभाव मुल्यांकन समितिले सो प्रकृयामा युनेश्कोको सहमती खोजेको थियो ।
करीब २० करोड रुपैंया लागतको सो परियोजना रोकिन पुगेसंगै माडी क्षेत्रको दीर्घकालिन बिजुली व्यवस्थापनमाथि आशंका र प्रश्न मडारिएको छ । हाल चालू रहेको भूमिगत केबुलमा पटक पटक समस्या आउँदा माडी क्षेत्रमा बिजुली अवरुद्ध हुनेगरेको छ ।