आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

चितवन खबर पोष्ट

बँदेलको बच्चा पालेको भन्दै निकुञ्ज प्रशासनले माडी-९, कृष्णनगरबाट १४ जनालाई (सजाय) कारवाही

  • A
  • A+
  • A++

माडी, चितवन । ’बँदेलको बच्चा पालेको’ भन्दै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले पूर्वी माडीको कृष्णनगर गाउँबाट १४ जनालाई पक्राउ गरी कारवाही गरेको खुलेको छ ।

विज्ञापन १

माडी-८, खरकट्टा र माथिल्लो शिवद्वार गाउँबाट दुई महिलालाई पक्राउ गरेको घटना सार्वजनिक भएसंगै करीब एक महिनाअघि माडी-९, कृष्णनगरबाट समेत १४ जनालाई मध्यरात पक्राउ गरेको घटना खुलेको हो ।

विज्ञापन २

राती करीब ११ बजे कृष्णनगरमा आएको निकुञ्ज रक्षक नेपाली सेनाको टोलीले राती २ बजेसम्म लगाई बँदेलका बच्चा (पाठापाठी) पालिएका १४ घरबाट घरधनीहरूलाई पक्राउ गरेको थियो ।

विज्ञापन ३

पक्राउ परेकाहरुलाई १२ दिन थुनामा राखी जनही १० हजार रुपैंया धरौटी राख्न लगाई मासिक तारेखमा छाडिएको एक (बँदेल पालक) कृषकले बताए । खेतमा बाली खान आएको बँदेलको बथानबाट छुटेको बच्चा अवस्थाको बँदेल गोठमा राखी पालन (संरक्षण) गरेकोमा निकुञ्ज प्रशासनले कारवाही गरेको उहाँको दुखेसो थियो ।

नेपाल सरकारले २०८० मंसिर ७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याएको अवस्थामा विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने व्यवस्था गरेपनि निकुञ्ज वरपरको मध्यवर्ती क्षेत्रमा बँदेल प्रकरणमै जनताले दुःख पाइरहेका छन् ।

तपाईको प्रतिक्रिया