आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

कला-साहित्य पोष्ट

माडी युवा लोकगायक उत्तम (अनन्त) पौडेलको स्वरमा ‘पानबुट्टे चोलीमा’ सार्वजनिक

  • A
  • A+
  • A++

माडी, चितवन । माडी युवा गायक उत्तम (अनन्त) पौडेलले पहिलो कोशेलीस्वरुप पानबुट्टे चोलीमा बोलको लोकदोहोरी गीत सार्वजनिक गर्नुभएको छ ।

विज्ञापन १

पेशाले पर्यटन व्यवसायी रहेका माडी-२, सितलपुर निवासी पौडेलसंगै गायिका सुनिता बुढा क्षेत्रीको युगल स्वरांकनमा ‘पानबुट्टे चोलीमा’ बोलको गीत र सोको म्युजिक भिडियो ‘उत्तम अनन्त पौडेल युट्युब च्यानल’बाटै बुधबार रिलिज भएको हो ।

विज्ञापन २

बिष्णु भट्टको शव्द/संगित, बिनोद बराजुलीको एरेन्ज र खड्क बराजुलीको सम्पादनमा तयार भएको सो गीतमा करिश्मा ढकालसंगै सुनिल क्षेत्रीको नृत्य एवं अभिनय देख्न सकिन्छ । निर्देशक समेत क्षेत्री नै रहनुभएको सो म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।

विज्ञापन ३

माडीबाट प्रवेशिका तह उत्तीर्ण गरी भरतपुरबाट उच्च माध्यमिक पुरा गर्दै राजधानी काठमाडौंमा संगित बिषयमै उच्च शिक्षा हासिल गर्नुभएका पौडेल पछिल्लो समय ग्रेटवाल होलिडेज कम्पनीमार्फत पर्यटन व्यवसायमा जोडिनुभएको छ । अब गीतसंगितको क्षेत्रमा समेत आफ्नो सक्रियता बढाउने गायक पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया