

माडी, चितवन । भियतनाममा सञ्चालन भएको एसियन ओपन पोलिस च्याम्पियनसिप-२०२४ मा माडीका तेक्वान्दो खेलाडी जीतबहादुर बोटले २ वटा स्वणर्पदक (गोल्ड मेडल) जित्नुभएको छ ।

प्रतियोगितामा नेपालबाट सहभागी रहका ५ पुरुष र ३ महिला खेलाडीमध्ये बोटको २ सहित नेपालले कूल ४ स्वणर्, १ रजत र ४ काश्य पदक जित्न सफल रहेको हो । स्पर्धामा २९ वटा देशका प्रहरी र नागरिक गरी १३ सय जनाको सहभागिता रहेको थियो ।

माडी नगरपालिका-९, गणेशकुञ्ज निवासी बोट नेपाल प्रहरीमा कार्यरत अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी रहनुभएको छ । उहाँ नेपाल (स्वदेश) फर्किएपश्चात बसन्तपुर यूनाइटेड क्लबले माडी गोल्ड कपको अवसर पारी सम्मान गर्न लागेको क्लबका अध्यक्ष नवीन बस्यालले वताउनुभयो ।
