माडी, चितवन । माडी नगरपालिकाको उत्कृष्ट करदाताका रुपमा चुलाई महतो सम्मानित हुनुभएको छ । माडी-३ ईनारबरुवा निवासी महतोले हरेक आर्थिक बर्षको सुरुवातमै (श्रावण पहिलो साताभित्रै) एकीकृत सम्पत्ति कर (मालपोत कर) भुक्तान गर्दै आउनुभएको भन्दै पालिकाले सम्मान गरेको हो ।
बिहीबार (२०८२ असार २६ गते) सम्पन्न माडी नगरपालिकाको नगर सभाको १५औं अधिवेशनको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतराज भुसालले करदाता महतोलाई नगदसहित कदरपत्रले सम्मान गर्नुभएको थियो ।



