चितवन खबर पोष्ट

माडी घोषणापत्र जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको ११४औँ बैठक माडीमा

१२ पाैष, माडी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको ११४औँ बैठक माडी नगरपालिका-६, रामराज्यपुरस्थित कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको भवनमा सम्पन्न भएको छ ।

काँग्रेस जिल्ला कार्यसमिति चितवनद्वारा आयोजित बैठकमा पार्टीको संगठन सुदृढीकरण, आगामी राजनीतिक गतिविधि तथा समसामयिक विषयमा गहन छलफल भएको काँग्रेसका माडी नगर सभापति कोमलनाथ भुसालले बताउनुभयो । माडीका समस्या र त्यसको समाधानहरुका बिषयमा समेत बृहत छलफल भइ घोषणापत्र जारी भएको उहाँले बताउनुभयो ।

काग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको प्रमुख आतिथ्यमा सञ्चालित सो कार्यक्रम काँग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा सञ्चालन भएको हो । कार्यक्रम काँग्रेसको माडी नगर समितिले व्यवस्थापन गरेको थियो भने काँग्रेसका नगर सभापति भुसालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा पार्टीका जिल्ला तथा स्थानीय तहका पदाधिकारी, कार्यकर्ता तथा नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार