सोमेश्वरको गुरुयोजना निर्माणका लागि अन्तरक्रियात्मक कार्यशाला सम्पन्न

537
SwadeshPost

सोमेश्वर क्षेत्रको समग्र गुरुयोजना निर्माणका लागि अाइतबार माडी नगरपालिका भवनमा अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ ।

नेपाल सरकार पर्यटन मन्त्रालयले शोमेश्वरगढीलाई नेपालका सत्तरी वटा पर्यटकीय गन्तव्य स्थलको सुचीमा समावेश गर्न लागेसंगै त्यस क्षेत्रको डि.पी.आर.सहित गुरुयोजना निर्माणका लागि सहयोग पु-याउन कार्यशालाको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ । पर्यटन विकास समिति, माडी नगरपालिकाको आयोजनामा सम्पन्न सो कार्यशालामा सोमेश्वर क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न कोणबाट छलफल गरिएको थियो ।

पर्यटन विकास समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो भने कार्यक्रममा माडी नगर उप-प्रमुख ताराकुमारी काजी महतोसंगै वडाध्यक्षहरु रामबन्धु पोखरेल, भरत बहादुर गुरुङ र कृष्णराज अधिकारीसंगै विभिन्न क्षेत्रका सरोकारवालाहरुको आतिथ्यता एवं उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले नयाँ माडी निर्माणमा सोमेश्वरगढीको विशेष भूमिका रहेको बताउँदै माडीको पर्यटन प्रवर्द्धनका निम्ति सोमेश्वर क्षेत्रमा गर्नुपर्ने विभिन्न योजना तथा कार्यक्रमहरुका बिषयमा बिचार राखेका थिए । यसअघि सोमेश्वर क्षेत्रको भौगर्भिक तथा जैविक अवस्थितिका निम्ति क्यामेरा ट्रयापिङ लगायतको काम पुरा भइसकेको छ ।

SwadeshPost