चितवन खबर पोष्ट

जग्गाधनी पूर्जाको तयारी : भूमिहीन दलित र सुकुम्बासीको तीन पुस्ते विवरण संकलन हुँदै

चितवन, ०९ श्रावण २०८३ — माडी नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुको प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित आवश्यक तिनपुस्ते विवरण (नागरिकता प्रमाणपत्रको प्रतिलिपी) तीन दिनभित्र उपलब्ध गराउन वडा कार्यालयमार्फत सूचना गरेको छ ।

गत २०८३ असार २६ गते नगरपालिकाबाट प्रमाणिकरण गरी जिल्ला भूमि समस्या समाधान समिति, चितवनमा पठाइएको भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूको तीन पुस्तामा जमीन भएनभएको यकीन गर्नका लागि समितिले सो विवरण माग गरेको हो ।

हाल भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुको विवरण मात्रै माग भएको र तत्कालका लागि अव्यवस्थित बसोबासीहरुले विवरण ल्याउन नपर्ने माडी–१ का वडाध्यक्ष अमित कुमार लामाले बताउनुभयो । समितिले पहिलो चरणमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा वितरण सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया