टोलसुधार समितिको अभियान अन्तर्गत माडीको बरुवामा बजार सरसफाई

309
SwadeshPost

टोलसुधार समिति बरुवाको नियमित सरसफाई अभियान अन्तर्गत आज माडीको बरुवामा बजार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिका वडा नं. १ को सहयोगमा सञ्चालित सो सामुहिक सरसफाई अभियानमा बरुवा बजारबासीहरुको सहभागिता रहेको थियो ।

आफ्ना घर तथा पसल व्यवसायको अगाडि संकलित फोहोरहरु ट्याक्टरमा संकलन गरी चितई खोला छेउमा खनिएको डम्पिङ खाडलमा जम्मा गरी पुर्ने काम गरिएको बरुवा बजारबासी टिकाराम सुवेदीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । आउँदा दिनहरुमा पुनप्रयोग वा रिसाइकल विधिमार्फत बजारको फोहोर व्यवस्थापन गर्ने उद्देश्य राखिएको उहाँको भनाई छ ।

बरुवा बजारबासीहरुले सरसफाइ शुल्क उठाई हरेक महिनाको १५ गते नियमित रुपमा बजार सरसफाई गदै आएका छन् । तर फोहोर संकलन र व्यवस्थापन कार्य सहज नभएकाले सहयोगी निकायको अभावमा यो अभियानको निरन्तरता गाह्रो रहेको टोल सुधार समितिका समितिका अध्यक्ष अर्जुन श्रेष्ठको भनाई छ ।

SwadeshPost