काँग्रेस माडी ५ वडा समितिले वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझायाे

384
SwadeshPost

नेपाली काँग्रेस माडी नगरपालिका वडा नं. ५ वडा समितिले स्थानीय वडा कार्यालयमा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएको छ । सोमबार दिउसो माडी नगरपालिका वडा नं. ५ को कार्यालय, रमाइलोडाँडामा काँग्रेस वडा नं. ५ का उप–सभापति एकनारायण काफ्ले नेतृत्वको टोलीले वडाध्यक्ष रामबन्धु पोखरेललाई ध्यानाकर्षण तथा सचेतना पत्र हस्तान्तरण गरेको हो ।

ध्यानाकर्षण तथा सचेतना पत्रमार्फत काँग्रेस वडा समितिले वडा कार्यालयद्वारा लागु गरिएको करको कर प्रणालीको आलोचना गर्दै त्यसलाई सहुलियत गर्न अनुरोध गरेको छ । त्यसैगरी, ढिकुरबारी छरछरे लगायतका सुकुम्बासी समस्याको समाधानमा वडा कार्यालयले पर्याप्त काम नगरेको, नदी नियन्त्रण र तटबन्धनमा खासै वास्ता नगरिएको, दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको समायोजनमा एकपक्षीय निर्णय गरिएको तथा उपभोक्ता समितिहरुको गठनमा अन्य पक्षहरुलाई नसमेटिएको आरोप लगाइएको छ ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै वडाध्यक्ष रामबन्धु पोखरेलले वडा कार्यालयबाट हल हुनसक्ने कामहरु वडामार्फत हल गर्ने र कतिपय कामहरु नगरपालिका, प्रदेश सरकार तथा संघीय सरकारले मात्र हल गर्नसक्ने बिषयहरु रहेकाले सम्बन्धित निकायमा पहल गर्ने जनाउनुभयो । त्यसैगरी वडाको विकास निर्माणमा सबै पक्षहरुलाई समेटेर लैजान थप काम गर्ने जनाउनुभयो । ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा काँग्रेसका माडी नगर सहसचिव इन्द्र चापागाईसंगै वडा समितिका पदाधिकारीहरुसंगै स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

SwadeshPost