बाँदरझुलामा जारी बाटो निर्माण कार्य निकुञ्जको अवरोधका कारण रोकियाे

680
SwadeshPost

बाँदरझुलामा जारी बाटो निर्माण कार्य निकुञ्जको अवरोधका कारण रोकिएको छ । आज बिहान १० बजेतिर बनरक्षक शैनिकहरु सम्मिलित चितवन राष्ट्रिय निकुञ्जको एक टोलीले बाँदरझुलामा काम गरिरहेका माडी नगरपालिकाका डोजर, लोडर, ट्याक्टर लगायतका निर्माण साधनहरु रोकेका हुन । काम गर्न रोक लागेसंगै नगरपालिकाका निर्माणसाधनहरु फर्किन लागेको बाँदरझुलाबाट हाम्रा सहकर्मी मोहन स्याङतानले जानकारी दिनुभयो ।

माडी नगरपालिकाले बाँदरझुलाका भित्री प्लटहरु जोड्ने तथा ठोरीको चौतारासम्म पुग्ने बाटो स्तरोन्नति गरिरहेको थियो । यसअघि बाटो निर्माण कार्यका लागि माडी नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मै रु. पन्ध्रलाख विनियोजन गरेको भएतापनि योजना सम्पन्न हुनुपर्ने असार मसान्तको समयावधीभर चितवन राष्ट्रिय निकुञ्जले अवरोध जारी राखेपछि बाँदरझुलामा बाटो निर्माण हुन सकेको थिएन । यसपटक पुनः निकुञ्जले अवरोध गरेसंगै बाँदरझुलाबासी आक्रोसित भएका छन् ।

SwadeshPost