जंगली बाघले पूर्वी माडीको खरकट्टा क्षेत्रमा एकवटा गाईलाई आक्रमण

394
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली बाघले बिहीबार साँझ ५ः३० बजे पूर्वी माडीको खरकट्टा क्षेत्रमा एकवटा गाईलाई आक्रमण गरी गम्भीर घाइते बनाएको छ । नारायणगढ माडी ठोरी हुलाकी सडकबाट केवल १०० मिटर भित्रपट्टी रहेको चरन क्षेत्रमा बाघले अमर बहादुर प्रजाको दुहुनो गाईलाई आक्रमण गरी घाइते बनाएको हो । बाघले गाईको दाहिने खुट्टा र टाउकोमा आक्रमण गरेको हो ।बगरमा चरिरहेको गाईलाई अचानक बाघले आक्रमण गरेपछि गोठालो गएका कालु प्रजा लगायतका युवाहरुले होहल्ला गर्दै बाघ धपाएका थिए । गाई गोठालाहरुले धपाएको बाघ घटनास्थल नजिकै काँसघारी क्षेत्रमा पसेको देखिएको हाम्रा पूर्वी माडी सहकर्मी भुपेन्द्र गीरिले जानकारी दिनुभयो । बाघ अझैपनि सोही क्षेत्रमा रहेको आशंका गरिएकाले त्यसले थप क्षती पुर्याउन सक्ने खतरा रहेको छ ।

यसैबिच, जंगली जनावर धपाउन गाउँ गस्तीमा रहेको माडी धोबाहाको एक टोलीका प्रतिनिधी घाइते भएका छन् । जनावर धपाउने गस्तीमा रहेको क ग्रुपका सदस्य बर्ष २७ का धनेश्वर महतो घाइते हुनुभएको हो । मृगहरुको समूह उफ्रँदै आउँदा भुइँमा पल्टिन पुगेका उहाँको नाकमा चोट लागेको छ । उहाँको नाकको हाड भाँचिएको स्थानीयबासी जितेन्द्र मर्दनीयाले जानकारी दिनुभयो ।

SwadeshPost