माडीकाे स्याउलीबास स्थित नवनिर्मित नवदुर्गा भवानी मन्दिरमा मुर्ती स्थापना

145
SwadeshPost

माडी नगरपालिका ६, स्याउलीबासको स्कूल चोक स्थित नवनिर्मित नवदुर्गा भवानी मन्दिरमा मुर्ती स्थापना गरिएको छ । मन्दिरको लागि स्थानीयबासी आस बहादुर गोतामे तथा उहाँका छोराहरु राजकुमार गोतामे र सागर गोतामेले करीब ७० हजार पर्ने मुर्ती सहयोगस्वरुप उपलब्ध गराउनुभएको हो ।

स्याउलीबासको स्कूल चोकमा भर्खरैमात्र नवदुर्गा भवानीको मन्दिर निर्माण करीब सम्पन्न भएको छ । दुर्गा मन्दिर निर्माण समितिको पहलमा निर्माण भइरहेको सो मन्दिरको निर्माणकार्य पुरा गर्न करीब ८ लाख लागेको मन्दिर निर्माण समितिका अध्यक्ष सागर सुनारले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । स्याउलीबास गाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्य अन्तरगत दुर्गा मन्दिर क्षेत्रलाई धार्मिक श्रद्धास्थल तथा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिनाउन समुदायकै पहलमा मन्दिर निर्माण गरिएको निर्माण समितिका सल्लाहकार चुडामणी पाण्डेले जनाउनुभयो ।

SwadeshPost