छरछरे धाममा मेला आयोजनाका लागि १५ सदस्यीय मेला आयोजक मुल समिति गठन

189
SwadeshPost

हरिबोधनी एकादशीको अवसरमा छरछरे धाममा मेला आयोजनाका लागि तिलक भुसालको संयोजकत्वमा १५ सदस्यीय मेला आयोजक मुल समिति गठन भएको छ । समितिको सह-संयोजक रामप्रसाद तिवारी र सचिव गोपाल काफ्ले रहनुभएको छ । मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मेला व्यवस्थापन समिति गठनका लागि मंगलबार बसन्तपुरको शिखर पार्टी प्यालेसमा बहुपक्षीय छलफल भएको थियो । छरछरे शिव मन्दिर धार्मिक समितिको आह्वानमा सम्पन्न सो बैठकमा माडी नगरपालिका तथा अन्य मातहतका सरकारी निकायहरु, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, छरछरे जस्ता सुरक्षा निकाय, माडी नगर पर्यटन विकास समिति, माडी नगर युवा खेलकूद र साँस्कृतिक समिति, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा धार्मिक समूहहरुको सहभागिता रहेको थियो ।

छरछरे धाममा विगत २०३१ सालदेखि हरेक बर्ष एकादशी मेला लाग्दै आएको छ । मेलाको अवसरमा शिवमन्दिरमा पुजा अर्चना गरी तोरण टाँग्नुका साथै विविध साँस्कृतिक कार्यक्रमहरु समेत हुँदै आएको छ । मेला भर्नका लागी माडीका सबै वडाहरुसंगै विभिन्न ठाउँहरुबाट श्रद्धालु भक्त्तजनको व्यापक सहभागिता हुँदै आएको छ ।

SwadeshPost