माडीका मृगौला पीडित सुरेस वहादुर गुरुङ्गको सहयोगार्थ रकम अाइतबार हस्तान्तरण गरिने

297
SwadeshPost

चितवन समाज इजरायलको विशेष पहलमा माडी जगन्नाथपुरीका मृगौला पीडित सुरेस वहादुर गुरुङ्गको लागि संकलन भएको सहयोग रकम भोलि अाइतबार एक कार्यक्रमका बिच पीडित परिवारलाई हस्तान्तरण गरिने भएको छ । चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालको आयोजनामा सो सहयोग रकम हस्तान्तरण गरिन लागेको चितवन समाज इजरायलकी अध्यक्ष सरिश्मा बरालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । पीडित परिवारलाई विभिन्न देशमा संकलिन रकम एकमुष्ठ रु ५ लाख ५५ हजार ७ रुपैंया माडी नगरपालिका कार्यालयमा बिहान १० बजेपछि हस्तान्तरण हुने जनाइएको छ ।

दुई बर्ष अघिदेखि दुईवटै मृगौला बिग्रिएर थला पर्नुभएका शुरेस बहादुर गुरुङको सहयोगार्थ चितवन समाज इजरायलले २ लाख ४७ हजार १०० रुपैंया, लेट्स डु बेटर देन अदर्सका अभियन्ताहरुले १ लाख ९२ हजार ५३२, माडी ग्रुप जापानबाट ६२ हजार ३७५ र अष्ट्रेलियाका सामाजिक अभियन्ताहरुबाट संकलित रु ५३ हजार गरी कुल ५ लाख ५५ हजार ७ रुपैंया हस्तान्तरण हुन लागेको हो ।

छोरा सुरेशको उपचारको लागि पर्याप्त आर्थिक श्रोत नभएकोले माडी नगरपालिका वडा नं. ७, जगन्नाथपुरीका जंगबहादुर गुरुङको परिवार गहिरो चिन्तामा परेको हो । उहाँको पारिवारिक आर्थिक अवस्था नाजुक रहेको र दुई बर्षदेखि लगातार उपचार गराउँदा सबै पैसा सकिएको गुरुङ परिवारले जनाएको थियो । सुरेशकुमारले चिकित्सकाको सल्लाह अनुसार डाईलाइसिस गराउँदै आउनुभएकोमा तत्कालै मृगौला प्रत्यारोपण गनुपर्ने भएकाले गुरुङ परिवारले आर्थिक सहयोगका लागि स्वदेश र प्रवासमा रहेका सहयोगी मनहरुसँग अनुरोध गरेको थियो । गुरुङलाई सघाउन उहाँको छिमेकी समेत रहनुभएकी चितवन समाज इजरायलकी अध्यक्ष सरिश्मा बरालले चितवन समाज इजरायलमार्फत, कोरियाबाट सुर्य सापकोटा र उमेश गौतम, अष्ट्रेलियाबाट अजय गौतम तथा जापानबाट सुर्य पौडेल र सन्तोष पोखरेलले विशेष पहलकदमी लिनुभएकोमा उपचार खर्च जुटेको हो ।

SwadeshPost