माडीमा पहिलोपटक व्यवसायिक पुष्पखेती सुरुवात

520
SwadeshPost

माडीमा पहिलोपटक व्यवसायिक पुष्पखेती सुरुवात भएको छ । माडी नगरपालिका वडा नं. ५ ढिकुरबारी निवासी अशोक कुमार लामिछानेले माडीमा पहिलोपटक फुलखेतीको सुरुवात गर्नुभएको हो ।

१० हजार रुपैंयाको बिरुवासहित करिब ३० हजार लगानी गरी यसवर्षको श्रावणबाट सुरु गर्नुभएको फूल खेतीबाट जारी तिहार महिनामा १ हजार माला बिक्री गर्ने लक्ष्य रहेकोमा हाल माडीबाट ७०० मालाको माग आइसकेको लामिछानेले बताउनुभयो । एउटा तयारी मालालाई रु. १०० देखि १५० रुपैयाँ सम्म पर्ने तथा बजारमा पाइने प्लास्टिकका मालाभन्दा सयपत्री (गुच्छे) फूलको माला स्वास्थ्यका लागि समेत लाभदायक भएको उहाँले जनाउनुभयो ।

पछिल्लो समय विवाह, विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम र शुभकार्यहरुमा सयपत्री फूलको अत्याधिक माग हुने गरेकोले जुनसुकै मौसममा पनि सहज तरिकाले फुल उपलब्ध गराउन हालको १.५ कठ्ठा जग्गाको फूल खेतीलाई बिस्तार गरी अनुमानित ५ लाख लागतमा १०-१५ कठ्ठा जग्गामा विस्तार गर्ने उहाँको योजना रहेको छ । पञ्जाबको लुधियानाबाट १५ महिने जे.टि.ए. कोर्ष अध्ययन गरी नेपालबाट सि.टि.ई.भि.टि.को लेभल १ पास गर्नुभएका लामिछानेले माडीमा च्याउ खेती समेत गर्दै आउनुभएको छ ।

SwadeshPost