यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिँदै

100
SwadeshPost

यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिँदैछ । अाजकाे दिन विहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मीठामीठा परिकार खान दिने गरिन्छ । आजै धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, झ्याल, ढोका, भर्याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ । साँझ किशोर किशोरीले समूह बनाई घरघरमा भैलो खेल्ने गर्दछन् । यसरी भैलो खेल्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैबेद्य दिने चलन छ ।

SwadeshPost