माडीमा जारी प्रथम वडा लीग फुटबल प्रतियोगिता अन्तरगत अाइतबार तिन खेलहरू सम्पन्न

284
SwadeshPost

माडीको बसन्तपुरमा जारी प्रथम अन्तर वडा लीग फुटबल प्रतियोगिता–२०७५ अन्तरगत आइतबारका खेलहरुबाट वडा नं. ७ र ३ बिजयी भएका छन् भने वडा नं. ८ र ९ बिचको खेल बराबरीमा सकिएको छ ।

तिहार, छठ र हरिबोधनी एकादशी पर्वको अवसर पारी खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ ले आयोजना गरेको सो प्रतियोगिता अन्तरगत आइतबारको पहिलो खेल वडा नं. ५ ‘ए’ र वडा नं ७ बिच भएकोमा वडा नं ७ ले २–० को जित हासिल गरेको छ । सो खेलको म्यान अफ द म्याच वडा नं ७ का हेमजी राई घोषित हुनुभयो । त्यस्तै, दोस्रो खेल वडा नं. ९ र वडा नं ८ बिच भएकोमा दुबै टिमले गोलरहित खेल्दै अंक बाँडेका छन् । सो खेलका म्यान अफ द म्याच वड नं ९ का मनिष गुरुङ घोषित हुनुभयो । त्यस्तै, आइतबारको तेस्रो खेल वडा नं. ५ ‘बि’ र वडा नं ३ बिच भएकोमा वडा नं. ३ ले ५–० को जीत हासिल गरेको छ । उक्त खेलको म्यान अफ द म्याच वडा नं ३ का सुजन तिवारी घोषित हुनुभएको हाम्रा सहकर्मी बिजय विश्वकर्माले जानकारी दिनुभयो ।

त्यस्तैगरि, प्रतियोगिता अन्तरगत कार्त्तीक २६ गते साेमबार पनि ३ वटा खेलहरु हुनेछन् । साेमबारकाे पहिलो खेल मध्याह्न १२ बजे वडा नं २ र वडा नं ६ बिच हुनेछ भने दोस्रो खेल दिउसो २ बजे वडा नं ५ बि र वडा नं ४ बिच हुनेछ । त्यस्तै, साेमबारकाे अन्तिम तथा तेस्रो खेल दिउसो ३ बजे वडा नं ५ ‘ए’ र वडा नं १ बिच हुने कार्यतालिका रहेको छ ।

SwadeshPost