आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

स्वदेशपोष्ट विशेष

सामरी उत्थान सेवाद्वारा आइतबार देखि संस्थागत विकास तालिम सुरु

  • A
  • A+
  • A++

सामरी उत्थान सेवा अन्तरगतको सामाजिक आर्थिक उत्थानद्वारा सामुदायिक सशक्तिकरण परियोजनाको आयोजनामा आइतबार देखि संस्थागत विकास तालिम सुरु भएको छ । सामरी उत्थान सेवाले माडीको चौकीडाँडा, इन्द्रबस्ती, कान्तिपुर, बगहीँ लगायतका ठाउँहरुमा गठन गरेका टोल विकास समितिका अध्यक्ष र सचिवहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको हो ४ दिनसम्म चल्ने सो तालिममा ४० जनाको सहभागिता रहेको छ । सामरी उत्थान सेवाका फिल्ड स्टाफ नवराज आचार्यको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन कार्यक्रममा माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । तालिमका सहभागीहरु संस्था सञ्चालन, लेखा व्यवस्थापन र जनसहभागिताका विभिन्न पक्षहरुबारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

विज्ञापन १

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया