माडीको बघौडा अस्पतालमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

225
SwadeshPost

माडीको बसन्तपुरस्थित बघौडा अस्पतालमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर अाइतबार सम्पन्न भएको छ । माडी नगरपालिका कार्यालय, नेपाल रेडक्रस सोसाइटी चितवन शाखा, नेपाल रेडक्रस सोसाइटी गर्दी, बघौंडा, कल्याणपुर र अयोध्यापुरी उपशाखा र नारायणगढ उपशाखाको संयुक्त आयोजना सञ्चालित सो शिविरमा मुटुरोग सम्बन्धी बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधी प्रदान गरिएको थियो ।

अाइतबारकाे शिविरमा ४४५ जनाको स्वास्थ्य परिक्षण गरिएको नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाका सभापति भागिरथ बस्यालले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी अयोध्यापुरी उपशाखाका सभापति सुर्यनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न सो शिविरको प्रमुख अतिथि माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकाल रहनुभएको थियो ।

यसैबिच, भोलि सोमबार बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सहितको विशेषज्ञ टोलीले सोहि स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

SwadeshPost