ठोरी क्षेत्रमा प्रथम ठोरी महोत्सव जारी

407
SwadeshPost

माडीसंग सीमा जोडिएको ठोरी क्षेत्रमा गत शुक्रबारदेखि प्रथम ठोरी महोत्सव जारी रहेको छ । कपुरबोट मिडिया प्रा.लि.को आयोजनामा ठोरीको राईधारास्थित खुल्ला चौरमा जारी महोत्सव आउँदो पुष २३ गते सम्म चल्नेछ ।

‘कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, पौष १३ देखि २३ सम्म जाऔँ है ठोरी’ भन्ने मुख्य नाराका साथ ठोरीमा पहिलो पटक आयोजना गरिएको महोत्सवमा कृषि प्रदर्शनी, खाना नास्ताका होटल, बैँक तथा वित्तिय संस्था, अटोमोबाइल, सुचना प्रविधी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामाग्री, गार्मेन्ट, जुत्ता तथा चप्पल, निर्माण सामाग्री, हस्तकलाका सामाग्रीहरु, रेडमेड कपडा, चिल्ड्रेन फनपार्क लगायतका स्टलहरु राखिएका छन् । महोत्सवमा राष्ट्रिय, स्थानीय तथा भारतीय गरि दुई दर्जन कलाकारहरुको मनोरञ्जनात्मक एंव सांगीतीक प्रस्तुती समेत भइरहेको आयोजक कम्पनीका अध्यक्ष सन्तोष देउजाले जानकारी दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्ब जोड्ने संगम भूमी ठोरीमा आयोजना गरिएको महोत्वसले समग्र तराई मधेसकै पर्यटनको विकासलाई उचाईमा पु-याउने विश्वास लिइएको ठोरी गाँउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठको भनाई छ ।

SwadeshPost